×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा २.५४ गुणा बढी आवेदन पर्यो, साउन ३२ गतेसम्म भर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा २.५४ गुणा बढी आवेदन पर्यो, साउन ३२ गतेसम्म भर्न सकिने

Artha Sarokar

२१ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा ७२ हजार ४५५ जनाले आवेदन दिएका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले बुधबार साँझसम्ममा ७२ हजार ४५५ जनाले १ करोड ५२ लाख ९० हजार ३५९ कित्ताका लागि १ अर्ब ५२ करोड ९० लाख ३५ हजार ९०० रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो माग भन्दा २.५४ गुणा बढी आवेदन हो । कम्पनीले गत साउन ५ गतेदेखि सिन्धुपाल्चोक जिल्लाका आयोजना प्रभावित क्षेत्रका लागि कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको हो ।
कुल कित्तामध्ये सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,बाह्रविसे नगरपालिका वडा नं ५ र ६ (साविक गाती गाविस) तथा बाह्रविसे नगरपालिका वडानं ७ र ८ (साविक घुमथाङ गाविस र मानेश्रा गाविस) का बासिन्दाका लागि १८ लाख कित्ता र माथि उल्लेखित स्थानीयबाहेकका सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ४२ लाख कित्ता आईपीओ छुट्याएको छ ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि ४०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौमा सात वटा संकलन केन्दबाट दरखास्त फारम भर्न र रकम बुझाउन सकिने छ । साथै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आईपीओमा आवेदन दिन सकिनेछ भने लगानीकर्ताले कम्पनीको सो सेयर साउन ३२ गतेसम्म भर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी