कैलाली । समाचारको विषयलाई लिएर अर्थ सरोकार डटकमका पत्रकारद्वयलाई ज्यान मार्ने धम्की दिने सिद्धार्थ सामुदायिक वनका अध्यक्ष कृष्ण गिरीले माफी मागेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यालय कैलालीमा पत्रकार महासंघ, कैलालीको रोहबरमा बसेको बैठकमा अध्यक्ष गिरीले माफी मागेका हुन् ।
समाचार सम्प्रेषणप्रश्चात आफुले आवेगमा आएर गाली गर्नुका साथै अभद्र व्यवहार गर्न पुगेको स्विकार गर्दै अध्यक्ष गिरीले आत्मआलोचना गर्दै माफी मागेका हुन् । ‘पत्रकारिताप्रति मेरो उच्च सम्मान छ, मैले आवेगमा आएर फोनबाट गरेको दुर्व्यहारप्रति सर्मिन्दा छु ।’ उनले भने । त्यस्तै अध्यक्ष गिरीले आगामी दिनमा सोही विषयलाई लिएर पत्रकारलाई कुनैपनि भौतिक वा मानसिक यातना नदिनेसमेत प्रतिबद्धता गरेका छन् ।
गिरीले बुधबार समाचारको विषयलाई लिएर अर्थ सरोकार सुदूरपश्चिम ब्युरो प्रमुख सुदर्शन श्रेष्ठ, क्यामेरापर्सन हरि तिवारी र फूलबारी खबरका सम्बाददाता झलक दवाडीलाई ज्यान मार्ने धम्की दिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्