काठमाडौं । महालक्ष्मी विकास बैंक र कान्तिपुर अस्पतालबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको बानेश्वर शाखाको अगुवाईमा कान्तिपुर अस्पतालसँग श्रावण ३१ गते सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकको डेबिट कार्ड र मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्ने ग्राहकहरुले निशुल्क एम्बुलेन्स सेवा, बेड चार्ज/ ICU/HCU, भेन्टिलेटर चार्ज र फार्मेसीमा १०% छुट प्राप्त गर्नुका साथै जेनरल बेड चार्ज/क्याबिन, इन्भेस्टिगेशन (Lab, X-ray, USG, ECG, Endoscopy, PFT, TMT, Echo), Procedure Charge (Plaster, Stitching, Dressing) मा १५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय बिक्रम मल्ल ठकुरीले र बैंकका तर्फबाट बानेश्वर शाखाका प्रमुख विकास रावलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड-१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म डिजिटल बैंकिङमार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित राख्न अपिल पनि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्