काठमाडौं । महालक्ष्मी विकास बैंक लि. र सिद्धार्थनगर सिटी हस्पिटल प्रालिबीच सम्झौता भएको छ । बैंकले मोफसलमा रहेका आफ्ना ग्राहकलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले बैंकको भैरहवा शाखाको अगुवाईमा सिद्धार्थनगर सिटी हस्पिटल प्रा. लि. सँग (आज) अर्थात साउन १८ गते सम्झौता गरेको हो ।
सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सिद्धार्थनगर सिटी हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा शुल्कहरुमा छुट पाउनेछन् ।
सम्झौता अनुसार बैंकका डेबिट कार्ड र मोवाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले ओपिडि टिकट, ल्याव सेवा, एक्स–रे तथा भिडियो एक्स–रे सेवा र इसिजि तथा इको सेवामा अधिकतम १०% छुट प्राप्त गर्नुका साथै बेड चार्जमा ५% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
देशका १०३ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्न सकेसम्म (DIGITAL BANKING ) मार्फत कारोबार गरी आफु सुरक्षित भई अरुलाई पनि सुरक्षित रहन अपिल गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्