×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक, यस्ता छन् सुविधा

GLOBAL IME BANK
SHREE KESH

महालक्ष्मी लाईफ इन्स्योरेन्सद्धारा ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक, यस्ता छन् सुविधा

२८ श्रावण २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रत्येक आमा/बावुले आफ्नो बच्चाको उज्वल भविष्यको लागि आजको बचतबाट भविष्यको सपना साकार पार्ने इच्छा राखेको हुन्छ । यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ । बीमा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना बिक्री वितरणको लागि बुधबार एक समारोहकाबीच शुभारम्भ गरेका हुन्।

यस बीमा योजनामा बचत, बचतमा प्रतिफल र बच्चाको जोखिम बहनको सुविधा समेत रहेको छ । बच्चा जन्मेको १ महिना देखि बच्चा १८ वर्ष नपुगुञ्जेल यस बीमा योजना लिन सकिन्छ भने बीमा अवधिको छनोट बच्चा १८ वर्ष पुगे पछि ३५ वर्ष नपुग्दा सम्मको अवधि राखि ५ देखि २५ वर्षका लागि गर्न सकिन्छ । साथै बच्चा बालिग भैसकेपछि बीमालेखको अख्तियार पुर्ण रुपमा हस्तान्तरण हुनेछ ।

यस योजना अन्तर्गत बीमा अवधि समाप्तिमा बच्चाको भविष्य निर्माणको लागि बीमाङ्क रकम र आर्जित बोनस रकम प्रदान गरिनेछ । कुनै कारणवस बीमा चालु अवस्थामा बीमितको मृत्यू भएमा तत्कालै २५ प्रतिशत बीमाङ्क रकम भुक्तानी दिइने र बाँकी ७५ प्रतिशत बीमाङ्क रकम, आर्जित बोनस र ब्याज बीमा अवधि समाप्तिमा प्रदान गरिने गरी थप सुविधा यस योजनामा समावेश गरिएको छ ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: