काठमाडौं । नेपाल राष्ट्र बैंकले बजार महँगी २.५५ प्रतिशतले घटेको जनाएको छ । आज गत आर्थिक वर्षको अन्त्यसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले बजार महँगी २.५५ प्रतिशतले घटेको जनाएको हो । आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ को मुलुकको उपभोक्ता मुद्रास्फीति अर्थात् बजार महँगी २.५५ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक वर्षमा ६.१५ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति गत आर्थिक वर्षमा ३.६० प्रतिशतमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा घ्यू तथा तेल, दाल तथा गेडागुडी, सुर्तीजन्य पदार्थ र यातायात उपसमूहको वार्षिक औसत मूल्यवृद्धि क्रमशः १७.५४ प्रतिशत, १०.६५ प्रतिशत, ९.८३ प्रतिशत र ६.४१ प्रतिशत रहेको सार्वजनिक गरिएको प्रतिवेदनमा उल्लेख छ ।
२०७७ असारसम्ममा मुलुकको उपभोक्ता मुद्रास्फीति ४.७८ प्रतिशत रहेकोमा वार्षिक विन्दुगत रुपमा गत २०७८ असारमा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत मुद्रास्फीति ५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्