काठमाडौं । मैलुङ खोला जलविद्युत् कम्पनीले पहिलो कारोबारको लागि नेप्सेबाट ९५ दशमलव ७५ रुपैयाँदेखि २८७ दशमलव २५ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ । कम्पनीको आव २०७६/७७ को वास्तविक नेटवर्थ रू. ९५ दशमलव ७५ रहेकाले २८७ दशमलव २५ रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको हो ।
यस कम्पनीले साउन १४ गतेदेखि १८ गतेसम्म ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये १४ हजार ७२६ कित्ता कर्मचारीहरुको लागि, ३६ हजार ८१४ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ६ लाख ८४ हजार ७४६ कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरेको हो ।