×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख सहयोग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख सहयोग

Artha Sarokar

१ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मनाङ ।  गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास निर्माणका लागि प्रतिपरिवार रु दुई लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।

उहाँले बेँसीसहर–चामे सडक खुलाउन सङ्घीय सरकारले काम थालिसकेको र ताल गाउँसम्म गाडी चल्न थालेको बताउनुभयो । सङ्घीय सरकारले जिल्लालाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले भन्नुभयो “जिल्लामा विभिन्न बस्तीको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ । ”सदरमुकाम चामेमा बाढीकै कारण विद्युत् सेवा अवरुद्ध भएपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिदिएको छ ।

जिल्लामा यस वर्षका वर्षामा ८५ घर पूर्ण क्षतिको विवरण सङ्कलन भएको छ । खासगरी नासों गाउँपालिका–१ मा सबैभन्दा बढी घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार नासोंमा मात्रै ७० घरमा क्षति पुगेको छ । धारापानीका १२ घरमा क्षति पुगेको उहाँले बताउनुभयो ।

सो अवसरमा अर्थमन्त्री रामजीप्रसाद बरालले बाढीपहिरा प्रभावितहरुको पहिचान गरी तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताउनुभयो । गाउँपालिकाको अधिकांश बस्ती बगरका रुपमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासोंका धारापानी, थोंचे, दानाक्यु, ताचै, तिल्चे, ताल गाउँलगायत मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मस्र्याङ्दी नदी र दूध खोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको अध्यक्ष घलेले जानकारी दिनुभयो । बाढीले स्थानीयवासीको घरबास नै डुबाउनाका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ ।

मूल सडक, मोटरेबल पुल र झोलुङ्गे पुल बगाएको छ । सडक सञ्जालका साथै सञ्चार र बिजुलीसमेत नहुँदा अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको दुःखेसो छ । भ्रमणमा मुख्यमन्त्री पोखरेल ,अर्थमन्त्री बराल, कांग्रेसका प्रदेशसभा सदस्य चिन्तबहादुर घले, नेकपा ९माओवादी केन्द्र०का नेता कपिल लामा सहभागी हुनुहुन्थ्यो ।-रासस

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी