मनाङ । बाढीपहिराका कारण यस हिमाली जिल्लामा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । गत असार १ गते आएको बाढीपहिराले विद्युत् आपूर्ति अवरुद्ध गराएकाले सर्वसाधारणलाई सबै प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउन कठिन भएको हो । विद्युत्को अभाव र सौर्य ऊर्जा पनि जडान नहुँदा स्वास्थ्य तथा अन्य सेवाबाट मनाङवासी वञ्चित हुँदै आएका छन् ।
जिल्ला अस्पतालका जनस्वास्थ्य निरीक्षक रहमत अन्सारीले भन्नुभयो, “विद्युत् आपूर्ति नहुँदा जेनेरेटरको सहयोग लिइरहेका छौँ, जेनेरेटर सञ्चालनका लागि इन्धन आपूर्ति गर्न मुस्किल छ, हेलिकप्टरबाहेक इन्धन ल्याउने अरु विकल्प छैन, विद्युत् नहुँदा स्वास्थ्यसेवा प्रवाहमा समस्या भएको छ”।
“सौर्य ऊर्जा ल्याइए पनि जडान गरिएको छैन, जेनेरेटर चलाएर सेवा दिँदै आएका छौँ, तेल सकिनै लागेको छ, तेल ल्याउन सडक सुबिधा छैन, हेलिकोप्टरबाट ल्याउनुपर्छ,” उहाँले भन्नुभयो, “मौसम पनि खराब छ, तेल ल्याउन सकिएन भने अबको एक/दुई दिनमा जिल्ला अस्पतालले दिँदै आएको सेवा नै अवरुद्ध हुने अवस्थामा पुगेको छ ।” जेनेरेटरका लागि थप तेल ल्याउन गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकिएको निरीक्षक अन्सारीले बताउनुभयो । “तेल अभाव भएको जानकारी गराइसकेका छौँ । छिट्टै आउने अपेक्षामा छौँ” उहाँले भन्नुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट मनाङ ल्याइएको सौर्य ऊर्जा हालसम्म जडान गर्न सकिएको छैन ।
स्वास्थ्य, खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सवडिभिजन, पूर्वाधार विकास कार्यालय, भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र चामे गाउँपालिकाको कार्यालयमा सौर्य ऊर्जा जडान गर्ने भनिए पनि हालसम्म जडान गरिएको छैन । आइपुगेको सौर्य ऊर्जा जडानका लागि विज्ञ प्राविधिक नहुँदा ढिलाइ भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।
“सामग्री आए पनि विज्ञ प्राविधिकको अभावले सौर्य ऊर्जा जडान गर्न सकिएको छैन, सम्बद्ध मन्त्रालयलाई जानकारी गराएका छौँं,” उहाँले भन्नुभयो । बाढीपहिराले क्षति पु¥याएको केही समयमा मन्त्रालयमार्फत १६ वटा सौर्य ऊर्जा ल्याएर जडान गरिए पनि पछिल्लो समय ल्याइएका पाँच वटा सौर्य ऊर्जा भने अझैसम्म जडान गरिएको छैन । विद्युत् आपूर्ति नहुँदा मनाङवासी अध्यारोमै रात बिताउँदै आएका छन् । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्