Skip to content
LAXMI SUNRISE BANK

मन्दाकिनी हाइड्रोपावरले १७ करोड ६४ लाख रुपैयाँको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा बिओके क्यापिटल

अर्थ सरोकार

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले १७ करोड ६४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सो सम्बन्धमा बि.ओ.के.क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।
मन्दाकिनी हाइड्रोपावर तथा बि.ओ.के. क्यापिटल मार्केट बीच मंगलबार द्विपक्षीय सम्झौता भयो । उक्त सम्झौतामा मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष महेश बहादुर बस्नेत र बि.ओ.के. क्यापिटल मार्केटको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् । हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० रुपैयाँको ३० प्रतिशतले हुने १७ करोड ६४ लाख ११ हजार १०० रुपैयाँ बरोको १७ लाख ६४ हजार १११ कित्ता शेयर जारी गर्ने भएको हो ।
मन्दाकिनी हाइड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नै गर्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK