×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयरमा आवेदन दिने भोलि अन्तिम दिन, कति छ भाउ ?

PRIME CA
GLOBAL IME BANK

मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयरमा आवेदन दिने भोलि अन्तिम दिन, कति छ भाउ ?

७ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मञ्जुश्री फाइनान्स कम्पनीको १२ हजार ५८७ कित्ता संस्थापक सेयरमा आवेदन दिने भोलि मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा भोलि मंगलबार कार्यालय समयसम्म आवेदन दिन पाइने भएको हो ।
कम्पनीले श्रावण १४ गतेदेखि सो सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३०० रुपैयाँ तोकेको छ । लगानीकर्ताले सो मूल्यलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ ।
विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाटमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: