×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

खुल्यो मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ, ३१ गतेसम्म आवेदन दिन पाईने

PRIME CA

खुल्यो मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ, ३१ गतेसम्म आवेदन दिन पाईने

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आज बुधबारदेखि मानुषी लघुवित्त वित्तीय संस्थाले आइपीओ बिक्रीमा ल्याएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
जसमा ०.५% अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । साउन ३१ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । सो समयमा पुरा आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: