×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओमा कति पर्यो आवेदन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओमा कति पर्यो आवेदन ?

Artha Sarokar

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आइपीओमा पहिलो दिनमै २१.४३ गुणा बढीको आवेदन परेको छ । बुधबार ५ बजेसम्म ५ लाख ८१ हजार ६३३ जना आवेदकले ७९ लाख २ हजार ५१० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको हो । जुन माग गरिएको भन्दा २१.४३ गुणा धेरै हो ।
कम्पनीले आजबाट ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमा ०.५% अर्थात् ५ हजार ४६९ कित्ता कर्मचारी र ५% अर्थात् १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्तामा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
साउन ३१ गतेसम्म लगानीकर्ताले आवेदन दिन पाउनेछन् । सो समयमा पुरा आइपीओ बिक्री नभएमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम नेपाल एसबीआई मर्चेन्ट बैंकिङले गर्नेछ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी