काठमाडौँ । मौद्रिक नीति सार्वजनिक गर्ने मिति पुन: सरेको छ । आज आइतबार सार्वजनिक भर्ने भनिएको मौद्रिक नीति पुन: सरेको हो । राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले मौद्रिक नीति सार्वजनिक गर्ने मिति अझै यकिन भईनसकेको जानकारी दिए ।
तर गभर्नर महाप्रसाद अधिकारीले भने संघीय संसदको अर्थ समितिमा आइतबार मौद्रिक नीति सार्वजनिक गर्ने बताएका थिए । मौद्रिक नीति जारी गर्ने कि बजेट अध्यादेश प्रतिस्थापन विधेयक पर्खने भन्नेमा नेपाल राष्ट्र बैंकमा अलमल रहँदै आएको छ । अर्थमन्त्री जनार्दन शर्माले आफूले मौद्रिक नीति सार्वजनिक गर्ने कार्य नरोकेको बताईसकेका छन् ।