काठमाडौं । मेगा बैंकले २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गर्दै ४५.१६% ले नाफा बढाएर २ अर्ब ३० करोड २५ लाख ८६ हजार रुपैयाँ कमाएको जनाएको हो ।
यस्तै बैंकको वितरणयोग्य नाफा पनि ३५.८३% ले बढेर १ अर्ब ५१ करोड ५८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी ३८.९५% र सञ्चालन नाफा ४६.३०% को वृद्धि भएको छ । असार मसान्तसम्म बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३४ पैसाले बढेर १५ रुपैयाँ ७८ पैसा पुगेको छ । बैंकको रिजर्भ कोष ३०.७६% बढेर ३ अर्ब ८२ करोड ६३ लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्