काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले कृषि क्षेत्रलाई प्रबद्र्धन एवं आधुनिकीकरण गर्ने उद्धेश्यले उर्बर नेपाल पब्लिक लिमिटेडसँग सम्झौता गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित उक्त सम्झौतामा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुंजेलि र उर्बर नेपाल पब्लिक लिमिटेडका अध्यक्ष सुदर्शन बिक्रम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापश्चात मेगा बैंकले उर्बर नेपालसँग आवद्ध कृषक व्यवसायीहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि उर्बर नेपालको सिफारिसमा साना तथा मझौला कृषि कर्जा नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रहि सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत खुंजेलीले उद्यमीहरुलाई साना तथा मझौला कृषि कर्जाको साथै सहुलियतपूर्ण कर्जा सेवा बैंकको सबै शाखा कार्यालयहरुमार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरिन् । साथै बैंकले स्थापनाकाल देखि नै हलोदेखि हाइड्रोसम्म भन्ने नारा राखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नका लागि कृषकसँग सहकार्य गर्दै आएको बताईन् । कृषि क्षेत्रको आधुनिकीकरणका लागि मेगा बैंकले नगद रहित कारोबार गर्न सजिलो होस् भन्ने उद्धेश्यका साथ मेगा किसान कार्डको सुरुवात गरेकोसमेत जानकारी दिईन् ।
यता उर्बर नेपालका अध्यक्ष कार्कीलेले मेगा बैंकले महिला विपन्न वर्गका कृषकहरुलाई प्राथमिकता दिई साना कर्जा एवं सहुलियतपूर्ण ब्याज अनुदान कर्जालाई प्राथमिकताका साथ वितरण गर्दै आएकोले बैंकसँग सहकार्य गरेको कुरा व्यक्त गरे । बैंकले उर्बर नेपालसँगआवद्ध उद्यमी व्यवसायीहरु विशेष गरी कृषि कार्यमा संलग्न कृषकहरुलाई Agriculture value chain financing गर्न देशभरका शाखाहरुबाट प्राथमिकताका साथ सहुलियतपूर्ण ब्याज अनुदान कर्जा सेवा उपलब्ध गराउने छ ।
बैंकले कृषकहरुलाई कृषि कर्जाको साथै कृषि कार्यका लागि आवश्यक पर्ने उपकरणहरु एवं मल, बीऊ लगायतका सामग्रीहरु खरिद गरी नगद रहित कारोवार गर्न मेगा किसान कार्ड समेत उपलब्ध गराउनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्