×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा सितापाइलामा, ६१ जिल्लामा पुग्यो सञ्जाल

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नयाँ शाखा सितापाइलामा, ६१ जिल्लामा पुग्यो सञ्जाल

Artha Sarokar

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले काठमाडौँस्थित सितापाइलामा मंगलबारदेखि सितापाइलमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । दुर्गम तथा ग्रामिण भेगहरुका साथै शहरी क्षेत्रमा आफ्नो उपस्थिति दरिलो र प्रभावकारी बनाउने क्रममा शाखा सञ्चालनमा ल्याएको संस्थाले जनाएको छ ।
संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरबाट एक समारोह बीच सितापाइला शाखा कार्यालय उद्घाटन भएको हो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले शाखा कार्यालय सञ्चालनमा आएकोमा संस्थालाई बधाई दिए । साथै सबल अनि विश्वसनीय संस्थाको रुपमा स्थापित गराउन आफू निरन्तर लागि पर्नेसमेत बताए । लघुवित्त कार्यक्रमले स्थानीय श्रोत साधन र सीपको अत्यधिक उपयोग गरी नागरिकहरुलाई उत्पादनशिल कार्यमा संलग्न गराई ब्यवसायिक क्रियाकलापमा लगाउन लघुवित्तले सहयोग पु¥याउनेसमेत विश्वास व्यक्त गरे ।
यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सबै वर्ग र क्षेत्रलाई लघुवित्त कार्यक्रममा समावेश गरी स्थानीय सीप र श्रोतको परिचालनमा नागरिकहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताए । त्यस्तै नागरिकहरुले गरेको अथाह विश्वास, भरोसाले देशभरका हरेक सम्भाबित क्षेत्रको अध्ययन गरि निकट भविष्यमा थप शाखा सञ्जाल विस्तार गर्ने योजना रहेकोसमेत बताए ।
नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसंगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको छ । संस्थाले आफ्ना ग्राहकहरुलाई आधुनिक एस.एम.एस.मोबाइल बैंकि∙ सुबिधा समेत उपलब्ध गराइरहेको संस्थाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी