बाँके । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुको लागि व्यवसाय प्रवर्द्वन तथा शाखा व्यवस्थापन तालिम शनिबार बाँकेको कोहलपुर स्थित होटल अतिथिमा सम्पन्न भएको छ । बोनिया क्षेत्रीय कार्यालय प्रमुख बेद प्रकाश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आचार्यसँगै बौनिया ब्लक स्टेशन प्रमुख सुरेश खड्का, तुल्सीपुर ब्लक स्टेशन प्रमुख भिम बहादुर साउद तथा आरएमडिसि लघुवित्त वित्तीय संस्था नेपालगञ्जका शाखा प्रमुख सुशिल घिमिरेले सहभागिहरुलाई सहजिकरण गरेका थिए । तालिममा सहभागिहरुलाई व्यवसाय प्रवर्द्वन, कम्प्युटर लेखा प्रणाली, कर्मचारीहरुको काम कर्तव्य अधिकार लगायतका विषयहरुमा सहजिकरण गरिएको हो ।
मिर्मिरेले श्रावण महिनाभरिमा आफ्नो १४८ वटा शाखाका शाखा प्रमुखहरु तथा अनुगमन प्रमुखहरुलाई बर्दिवास, झापा, चितवन, धुलिखेल, अमरगढी, कैलाली लगायत स्थानहरुमा व्यवसाय प्रवद्र्धन तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम दिएको हो । संस्थाले कर्मचारीहरुलाई दक्ष बनाउन तथा संस्थाको लक्ष्य हासिलको लागि श्रावण महिनाभरिमा विभिन्न ठाउँमा तालिम कार्यक्रम राखेर सबै शाखा प्रमुख तथा अनुगमन प्रमुखहरुलाई प्रशिक्षण गरिएको संस्थाका कार्यकारी प्रमुख राजेन्द्र प्रसाद न्यौपानेले जानकारी दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्