विराटनगर । विराटनगरमा नासा इन्भेष्टमेन्ट प्रा.लि संचालनमा आएको छ । सेयर बजारको प्रवर्द्धन गर्ने उदेश्यका साथ २५ लाखको लगानीमा सो कम्पनी शुक्रबारबाट संचालनमा आएको हो । कम्पनीका अध्यक्ष अरबिन्द मेहताका अनुसार सेयर बजारमा आवद्ध सुनसरीका ४ जना युवाहरुको सक्रियतामा खुलेको सो कम्पनीले सेयर खरिद बिक्रीबाहेकका सेयर सम्बन्धी सबै कामहरु गर्नेछ ।
यस्तै बैंक तथा वित्तीय संस्थाले आह्वान गरेको सेयर धितो लिलाम बिक्रीमा सहभागी भई सोसँग सम्बन्धित धितोपत्र खरिद बिक्री गर्ने/गराउने कम्पनीले काम गर्नेछ । स्वदेश तथा विदेशमासमेत सञ्चालित साना, सझौला तथा ठूला विभिन्न व्यापार, व्यवसायमा लगानी गरी सो सम्बन्धी कामहरु गर्ने लक्ष्य राखिएको छ । कृषि, व्यापार, होटल, कृषि फर्महरु, विभिन्न खालका नर्सरीलगायत मानिसले गर्ने सबै खाले काम तथा व्यवसायमा लगानी गरिने पनि अध्यक्ष मेहताले बताए ।
कम्पनीले मध्यस्थताको कार्य अन्तर्गत मुख्यतया संस्थाहरुले तयार गरेको तर मौद्रिक मध्यस्थताकोबाहेकका जवानी राखेर कर्जा दिने, बैंकिङ प्रणालीभन्दा बाहिर गई लगानी गर्ने प्रस्तावना राखेर कृषि फार्म तथा सोसम्बन्धी कार्यमा लगानी गर्ने कामहरु पनि गर्नेछ । कम्पनी स्थापनाको अवसरमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदेश १ को राजधानीमा स्थापना भएको कम्पनीले सेयर बजारको क्षेत्रमा राम्रो काम गर्नेमा आफू विस्वस्त रहेको बताएका थिए ।
यस्तै अध्यक्ष मेहताले कम्पनीको मुख्य उदेश्य भनेको सेयर बजारको बारेमा चेतनामूलक काम गर्ने, सर्वसाधारणलाई सेयर बजारमा आउन प्रोत्साहन गर्ने, सेयर बारेमा नकारात्मक धारणा हटाउने नै रहेको बताए । यस्तो खालको कम्पनी प्रदेश १ को पहिलो भएको पनि उनको भनाई छ । ‘हाम्रो कार्य क्षेत्र फराकिलो छ, हामी जुनसुकै व्यवसायमा लगानी गर्न सक्छौं, लगानीको स्रोत भने खोजीरहेका छौ’, उनले भने, ‘हामी स्थानीय तहहरुसग पनि सहकार्य गरेर अघि बढ्छौ । सो कम्पनीले हाल ६ जनालाई रोजगारी दिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा जे देखियो :


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्