×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नबिल बैंक र डी भी एक्सिलसबीच सम्झौता, किसानहरुलाई कृषि कर्जा प्रदान गर्ने उद्देश्य

काठमाडौं । नबिल बैंक र डी भी एक्सिलस खेती एपद्वारा खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुको लागि कृषि साधन, रसायन, मसिनरी तथा अन्य आवश्यकताहरुलाई खरीद गर्नको लागी सहज वित्तीय पहु‘चको प्रदान गर्न सहकार्य गरेको छ । यस रणनीतिक साझेदारी अन्तर्गत किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहु‘च प्रदान गर्न नबिल बैंक, एक प्रमुख बैंकको रुपमा अगाडी बढेको छ । यसैगरी किसानहरूले डी भी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्च्तित्ताबाट लाभ लिन सक्दछन् ।अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत, नबिल बैंक र देवेश प्रधान, निर्देशक, डी भी एक्सिलसले यस सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट सुजित कुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृत र निरज बस्नेत (डनिल), प्रमुख-एस एम ई तथा लघुवित्तको उपस्थिति रहेको थियो ।

साथै डी भी एक्सिलसको तर्फबाट किरण नायर, मुख्य संचालन अधिकृत तथा सुभाष भट्टराई, मुख्य प्रविधि अधिकृतको उपस्थिति रहेको थियो । साझेदारीको बारेमा बोल्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘नबिल बैंकले सदैब दिगो बैंकिङलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्याउने विश्वास गर्दछ जुन नेपालको कुल ग्राहृश्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो । हामी डी भी एक्सिलस स‘गको यस सहकार्य द्वारा कृषकहरुको आवश्यकता अनुसार कृषि कर्जा प्रदान गरि उनीहरुको उत्पादन क्षमता वृद्धि गरि देशको आर्थिक विकासमा योगदान पुर्याउदै समाजमा स्वस्थ्य र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्याउने अभियानमा सहकार्य गर्न पाउँदा उत्साहित छौं ।’ यस साझेदारीसँगै बैंकले कृषि क्षेत्रमा प्राविधिक ज्ञानको साथ व्यवसाय विकास कार्यक्रमको मिश्रण गरि कृषकलाई गुणात्मक कृषि सरसँधानको सहज उपलब्धता र सहज वित्तीय पहु‘चमार्फत परम्परागत वित्तीय लगानी प्रक्रियाको अन्त्य गर्दै एक नविन सुरुवात गरेको छ ।

बैंकिङ क्षेत्रमा Agriculture Value Chain Financing को भिन्न प्रयोग गरि कृषकहरुलाई उचित वित्तीय अवसर प्रदान गर्दै उनीहरूको सफल कृषि उत्पादक बन्ने यात्रामा प्रमुख सहयोगी हुन पाउँदा नबिल बैंक गर्व गर्दछ । यस सहकार्य अन्तर्गत खेती एपको माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ । खेती एपमा दर्ता भएका कृषकहरुले एपबाट नबिल बैंकमा कृषि कर्जा आवेदन गर्न सक्नेछन् । त्यस्तै यस सहकार्यको बारेमा बोल्दै डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले भने ‘यस सहकार्य को माध्यमबाट डी भी एक्सिलस सक्रिय रूपबाट आफ्नो खेती एपको माध्यमबाट नेपाली किसानहरुलाई सहज डिजिटल कर्जा प्रदान गर्ने काम गरिरहेको छ । यस सहकार्यको मुख्य उद्देश्य सरल डिजिटल प्रक्रियाको माध्यमबाट नेपालको किसानहरुलाई सहजै वित्तीय पहुँच प्रदान गर्नु हो, जसले साना कृषकहरुलाई नवीनतम टेक्नोलोजी, उपकरण, मशीनरी, प्रविधि र सरसधानको प्रवाह लाई प्रोत्साहित गर्दछ ।

नबिल बैंकको बारेमा आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८३ एटिएम, ५ विश्तारित काउन्टर र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिरहकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ प्रणालीको साथ ३७ वर्षको बैंकिङ अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मूल्य अभिवृद्घि गर्न उच्चसेवा वितरणको लागि लक्षित छ । डी भी एक्सिलस प्रा लि एक कृषि खाद्य प्रविधि कम्पनी हो । यो कम्पनी कृषि-क्षेत्रमा एकीकृत समाधानको विकास र कार्यान्वयन गरीरहेको छ । डी भी एक्सिलसको एक प्रमुख उत्पादन खेती एप हो ।खेती एप एक वेबसाइट र मोबाइलमा आधारित प्लेटफर्म हो जसले मुख्यरूपबाट दुई प्रमुख ग्राहक समूहहरु किसान र उपभोक्तालाई लक्षित गरीरहेको । डी भी एक्सिलसले आफ्नो खेती एपमा आजसम्म १०,०००+ किसानहरु, ३,०००+ उपभोक्ताहरु, १००+ रेस्टुरेन्ट र होटलहरु र नेपालको प्रमुख कृषिव्यवसायीहरुलाई आबद्ध गरिसकेको छ ।

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: