×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडाका अध्यक्ष र सिएनआईका अध्यक्षबीच भेटघाट तथा छलफल, नीजि क्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ भाद्र २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

नाडाका अध्यक्ष र सिएनआईका अध्यक्षबीच भेटघाट तथा छलफल, नीजि क्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढिने

काठमाडौं । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा भएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले नेपाल उद्योग परिसंघका नव निर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाललाई आफनो कार्यकालको सफलताको शुभकामना दिदै द्धिपक्षिय सम्बन्ध विस्तारका सम्बन्धमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ । उक्त छलफल भने भाद्र १३ गते आइतबार भएको हो । उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले दुई संस्थाहरुबीचको पारस्परिक सम्बन्धलाई थप सुदृढ बनाउने, नेपालको नीजिक्षेत्रको सवालमा एकेबध्य भएर अघि बढने र अन्य संभाव्यक्षेत्रहरुमा समेत सहकार्य गरेर अघि बढनु पर्ने बताएका छन् । सो छलपलमा अध्यक्ष दुलालले नाडाले ७ वटै प्रदेशमा प्रदेशस्तरिय एशोसिएशनहरु स्थापना भईसकेको र नेपालमा अटोमोवाइल उद्योगहरु समेत खोल्न सुरुवात समेत भइसकेको बताए ।

त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले नाडामा धेरै रुपान्तरण भईसकेको र त्यही अनुसार सदस्य संख्यामा पनि उल्लेख्य रुपमा बृद्धि भएको भन्दै नीजिक्षेत्रको सवालमा नेपाल उद्योग परिसंघसंग सहकार्य गरेर अघि बढ्न चाहेको बताए । सो भेटघाट तथा छलफलमा महासचिव सुनिल रिजालले नीजिक्षेत्रका साझा सवालहरुमा सहकार्य गरेर अघि बढ्ने बताए । सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा मोटरसाइकल समितिका सभापति अभिक ज्योतिले दुई संस्थाबीच पारस्परिक सहयोगको वातावरण बनाउनु पर्ने धारणा राखेका छन् । त्यसैगरी सो छलफलमा केन्द्रीय कार्य समिति सदस्य तथा विद्युतिय सवारी साधन समितिका सभापति ध्रुव थापाले परिसंघसंग हातेमालो गरेर अघि बढनु पर्ने धारणा राख्दै विद्युतिय सवारी साधनको व्यवसायमा देखा परेका विविध समस्याहरु बारे पनि विचार विमर्श गरे ।

सो छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले ७ सदसिय नाडा प्रतिनिधिमण्डललाई आफनो कार्यकक्षमा स्वागत गर्दे नाडासँग पहिलो भेटघाट भएको बताए । सो भेटघाटमा उनले पेट्रोलियम पदार्थको प्रयोग पनि अधिकाश रुपमा अटोमोवाइलमा नै प्रयोग हुने सन्दर्भमा नेपालमा अटोमोवाइल व्यवसायले ठूलो क्षेत्र ओगटेको बताए । उनले नेपाल उद्योग परिसंघले नेपालमा उद्योग व्यवसायको विस्तारको लागि पहल गरिरहेको र यसबाट पुंजी निर्माणमा ठूलो सहयोग पुग्ने बताउदै उद्योग स्थापनाका लागि सरकारकातर्फबाट गरिनु पर्ने सहयोगका सम्बन्धमा समेत चर्चा गरे । सो छलफलमा परिसंघका उपाध्यक्ष हेमराज ढकालले स्वदेशी उद्योगहरुको विस्तारका लागि कसरी अघि बढने भन्ने विषयमा पहल भईरहेको बताए । सो छलफलमा नाडाका सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल तथा सुभआशिस थपलिया समेतको उपस्थिति रहेको थियो ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: