×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नाडाको ६ संदसिय प्रतिनिधि मण्डल र महाशाखाका प्रमुख जनक भट्टराईबीच भेटवार्ता, चेतनामूलक कार्यक्रममा सहयोग गरिने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

नाडाको ६ संदसिय प्रतिनिधि मण्डल र महाशाखाका प्रमुख जनक भट्टराईबीच भेटवार्ता, चेतनामूलक कार्यक्रममा सहयोग गरिने

काठमाडौं । भाद्र १० गते नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा भएको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ६ संदसिय प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटवार्ता भएको छ । उक्त भेटवार्तामा महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा NO Horn  कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको नाडाले जनाएको छ ।

नाडाले विगत देढ दशक अघिदेखि महानगरिय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पुर्याउँदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ । सो छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: