काठमाडौं । कोरोना महामारीबीच काठमाडौं नक्सालमा आठ अर्ब लगानीमा पाँचतारे होटल निर्माण भइरहेको छ। नेपालको व्यावसायिक घरानाका रुपमा स्थापित हुँदै गएको शंकर समूहले जगदम्बा हस्पिटालिटी गुप्र प्रालि अन्तर्गत काठमाडौं महानगरपालिका–१ स्थित नक्सालमा ‘होटल हिल्टन काठमाडौं’ निर्माण गर्न लागेको हो।
आठ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त होटललाई चेन होटलका रुपमा निर्माण गर्न लागिएको जगदम्बा हस्पिटालिटी गुप्र प्रालिका उपाध्यक्ष नीतिन शर्माले जानकारी दिए। विश्वमा छ हजारभन्दा बढी चेन होटल रहेको हिल्टन होटलको नेपालमा पहिलो पटक चेन होटल निर्माण गर्न लागिएको हो ।
सन् २०२० मा होटल निर्माण सम्पन्न गर्नेगरी सन् २०१६ बाट होटल निर्माण सुरु गरे पनि कोरोना महामारीका कारण होटल निर्माणमा ढिलाइ भएको हो। सन् २०२२ को अन्त्यसम्ममा होटल निर्माण सम्पन्न गरिसक्ने गरी काम तीव्र गतिमा भइरहेको उपाध्यक्ष शर्माको भनाइ छ। पाँचतारे लक्जरी होटल हिल्टन काठमाडौंमा १७५ गेष्ट रुम रहनेछन्। हेल्थ क्लब स्पा, वातावरण अनुकूल स्वीमिङ पुल र फिटनेस सेन्टरसहितका सुविधा उक्त होटलमा उपलब्ध हुने प्रालिले जनाएको छ। उक्त होटलले स्थानीय तथा अन्तर्राष्ट्रिय स्वादका खाना उपलब्ध गराउने बताइएको छ।
उक्त होटलमा विवाह तथा सभा समारोहका लागि छुट्टै सभाकक्ष निर्माण हुने भएको छ। दुई तला अण्डर ग्राउण्डसहित बन्न लागेको १८ तल्ले भवनको १६औँ तलामाथि स्वीमिङ पुल रहनेछ। होटलमा नाइट क्लब, जिम हल, स्पालगायतका सुविधासमेत हुनेछन् । अमेरिकाबाट आयात गरिएको सेस्मिक ड्याम्पर प्रविधिबाट निर्माण गरिएको होटल भूकम्प गएका बेलामा समेत सुरक्षित हुने शङ्कर गुप्रका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउछन्। विदेशी पर्यटकलाई पूर्ण रुपमा सुरक्षित बनाउने आफ्नो योजना रहेको उनको भनाइ छ।
निर्माण सम्पन्न भएर सञ्चालनमा आएका तारे होटलको सङ्ख्या नेपालमा १४३ पुगेको छ। यो मुलुकभर सञ्चालनमा आएका एकतारेदेखि पाँचतारे होटलको सङ्ख्या हो। पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीका अनुसार नेपालमा पाँचतारे १६, चारतारे १९, तीनतारे ३३, दुई तारे ४१ र एकतारे ३४ होटल सञ्चालनमा छन्। यस्तै पाँचतारे होटलस्तरका दुई बुटिकसमेत सञ्चालनमा छन्।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे पनि कोरोना महामारी विश्वभर फैलिँदा नेपालमा भ्रमण वर्षको कार्यक्रम स्थगित गरिएको थियो। विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको पहिलो तथा दोस्रो चरणको कोरोना सङ्क्रमण देखिँदा नेपाल भ्रमणका लागि आउने विदेशी पर्यटकको सङ्ख्यामा कमी आएको छ।-रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्