नवलपुर । पछिल्लो समय वैवाहिक वर्षगाँठ तथा जन्मोत्सव कार्यक्रमका नाममा फजुल खर्च गर्ने प्रचलन बढ्दै गएको छ । तर पछिल्लो समय उत्सवमा हुने फजुल खर्च कटौती गरेर आफ्नो र आफ्ना प्रियजनको भविष्यका लागि बचतस्वरूप बीमा गर्ने प्रचलन बढ्न थालेको छ । असारको अन्तिम साता पुस्तक व्यवसायी लेखरामरशिरिषा सापकोटा दम्पतीको वैवाहिक वर्षगाँठ थियो । वैवाहिक वर्षगाँठको अवसरमा लेखरामले आफ्नी श्रीमतीलाई उपहारस्वरुप बीमालेख (पोलिसी) प्रदान गर्नुभयो । ‘विवावोत्सवमा हुने अतिरिक्त खर्च कटाएर श्रीमतीलाई बीमा पोलिसी दिँदा श्रीमती पनि खुशी, कमाइको केही रकम बचत पनि हुने भयो’, सापकोटाले भन्नुभयो, ‘जीवन बीमा गरेपछि जीवनमा कुनै भवितव्य परेमा पनि बीमा कम्पनीबाट राहत मिल्छ ।’
पछिल्लो समय समाजमा विवाहोत्सव, जन्मोत्सवलगायतका शुभकार्यमा फजुल खर्च हुने प्रचलन बढ्दै गएको सापकोटाले बताउनुभयो । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) जिल्लाको गैँडाकोट-७ का स्थायी बासिन्दा सापकोटाको नारायणगढमा ‘सम्पूर्ण पुस्तक’ नामको पुस्तक पसल छ । सापकोटाले साहित्यिक तथा शैक्षिक पुस्तक बिक्री, वितरण गर्दै आउनुभएको छ । यसैबाट भएको आम्दानीको केही रकम बचत गर्दै श्रीमतीका लागि बीमा पोलिसी उपहार प्रदान गरेको उहाँले बताउनुभयो । ‘हामीले मेहनत गरेर कमाइ गरेको पैसा थोरैथोरै गरी जम्मा गरेर बीमा गर्दा आर्थिक तथा अन्य क्षतिबाट हामी सुरक्षित हुन सक्छौँ”, सापकोटाले भन्नुभयो, ‘भोलि पैसा आवश्यक परेको अवस्थामा बीमा रकमबाट ऋण निकाल्न पनि मिल्नेरहेछ त्यसैले श्रीमतीलाई बीमा पोलिसी उपहार दिएको हुँ ।’ सापकोटाले शुभकार्यमा हुने फजुल खर्च कटाएर आफन्तको भविष्य सुरक्षित पार्नका लागि पनि बीमा गर्न सुझाव दिनुहुन्छ । ‘बीमा गरिएको रकम आफ्नै लागि हो’, सापकोटाले भन्नुभयो, ‘जीवन रहँदा पनि काम लाग्छ, जीवनपछि विमितको आश्रित परिवारलाई पनि राहत मिल्छ ।’
साउन १४ गते परेको जन्मदिनको अवसरमा मध्यविन्दु नगरपालिका-३ कि आरती शर्माले पनि बीमा पोलिसी उपहार पाउनुभयो । आरतीको जन्मदिनका अवसरमा उहाँका आफन्तले बीमा पोलिसी ‘सरप्राइज गिफ्ट’का रूपमा प्रदान गर्नुभयो । ‘मेरो जन्मदिन रमाइलो मात्रै गरेर मनाउने भन्दै पारिवारिक जमघट राखेको थिएँ’, शर्माले भन्नुभयो, ‘जन्मदिन मनाउन रमाइलो गरिरहेको अस्थामा नै मलाई एक्कासि मेरा आफन्तले बीमा पोलिसी उपहार प्रदान गर्नुभयो ।’ जन्मदिनमा बीमा पोलिसी उपहार पाउँदा आफूलाई एकदमै खुशी लागेको शर्माको भनाइ छ । चौबिस वर्षीया शर्माको बीमा पोलिसीमा उहाँकी साढे तीनमहिने छोरीलाई समेत जोडेर ‘जीवन हेरचाह योजना’अन्तर्गत महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलिसी प्रदान गरिएको हो । शर्माको जन्मदिनको अवसरमा प्रदान गरिएको बीमा लेखको अवधि २० वर्षको रहेको छ भने कुनै कारण बीमा तिर्न नसक्ने अवस्था आएमा उहाँको छोरीलाई २० वर्षसम्म बीमा कम्पनीले जीवन हेरचाहस्वरुप रकम प्रदान गर्छ ।
महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका शाखा प्रबन्धक राजु थापाले जीवन हेरचाह योजनामा संलग्न बीमितमाथि नसोचेको भवितव्य भएर बीमा रकम तिर्न नसक्ने अवस्था आएमा तत्काल बीमाङ्क रकम उहाँको लाभग्राहीलाई उपलब्ध गराइने बताउनुभयो । त्यस्तै बीमा अवधिभर हरेक तीन महिनामा बीमाङ्कको २।५ प्रतिशत रकम लाभग्राहीलाई उपलब्ध गराइने र बीमा अवधि सकिएपछि बीमाङ्कको दोब्बर पैसा लाभग्राहीलाई फिर्ता गरिने थापाले बताउनुभयो । ‘जीवन हेरचाह योजनामा बीमितमाथि नसोचेको घटना (पूर्ण अशक्त वा मृत्यु भएमा) भएमा सोही दिनदेखि बीमा रकम तिर्नु पर्दैन’, थापाले भन्नुभयो, ‘तर घटना हुनेबित्तिकै बीमितको लाभग्राहीलाई बीमाङ्क रकम फिर्ता, बीमा अवधिसम्म हरेक तीन महिनामा बीमाङ्कको साढे दुई प्रतिशत जीवन हेरचाह खर्च प्रदान र बीमा पोलिसी सकिएपछि बीमाङ्कको दोब्बर रकम फिर्ता हुन्छ ।’ पछिल्लो समय विवाहोत्सव तथा जन्मोत्सवमा आफन्तलाई बीमा पोलिसी उपहार प्रदान गर्ने प्रचलन बढेको थापाले बताउनुभयो । गत आर्थिक वर्षको असारमा मात्रै १० भन्दा बढीले विवाहोत्सव तथा जन्मोत्सवमा आफ्नो शाखाबाट बीमा पोलिसी उपहार प्रदान गरेको थापाले जानकारी दिनुभयो । बीमा पोलिसीका कारण जीवन सुरक्षाका साथै भविष्यमा हुनसक्ने आर्थिक क्षतिबाट समेत जोगिने भएकाले पछिल्लो समय बीमा गर्नतर्फ मानिसको आकर्षण बढेको उहाँले बताउनुभयो । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्