×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा पच्चिस सय नयाँ उद्योग दर्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा पच्चिस सय नयाँ उद्योग दर्ता

Artha Sarokar

२० श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

मकवानपुर । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौँडाले जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा दुई हजार ५०० वटा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनका लागि अनुमति दिएको जनाएको छ । कार्यालयका अनुसार एक हजार ६९८ वटा नयाँ उद्योग तथा ८०२ वटा नयाँ वाणिज्य गरी कूल दुई हजार ५०० उद्योग तथा व्यवसाय सञ्चालनका लागि उक्त अवधिमा दर्ता भएको छ ।

साथै कार्यालयले गत आर्थिक वर्षमा उद्योग तथा व्यवसायको नयाँ तथा नवीकरण दर्ता लगायत व्यवसाय रजिष्टेशन, प्रशासनिक सेवा शुल्क, दण्डजरिवाना र बेरुजु असुलीबाट पाँच करोड ३ लाख आठ हजार ८६८ राजस्वसमेत सङ्कलन भएको बताइएको छ । प्राप्त विवरण अनुसार गत आर्थिक वर्षमा व्यवसाय रजिष्टेशनबाट चार करोड ७२ लाख ५६ हजार ७४८ , प्रशासनिक सेवा शुल्कबाट २२ लाख ५० हजार ३२०, दण्डजरीवानाबाट आठ लाख र बेरुजुबाट १८ हजार गरी जम्मा पाँच करोड ३ लाख आठ हजार ८सय ६८ सङ्कलन भएको उल्लेख गरिएको छ ।सरकारले अनुदान तथा व्यवसाय गर्नेलाई विभिन्न छुट सेवा दिनेदेखि बैंकिङ प्रयोजनमासमेत सहजता ल्याएपछि व्यवसाय दर्ता वृद्धि भएको र राजस्वमासमेत वृद्धि भएको कार्यालय प्रमुख जगन्नाथ दाहालले बताउनुभयो ।

कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण रु पाँच लाख पूँजीसम्मका व्यवसाय स्थानीय तहमा दर्ता हुने भए पनि अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा १२४ प्रतिशतले राजस्व वृद्धि भएको जनाइएको छ । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा दुई करोड २४ लाख ८६ हजार ८२० कूल विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा उद्योगतर्फ नवीकरण ७८६ वटा, नामसारी ११५ वटा, ठाउँसारी ४३ वटा, उद्योग थप गरी ५५ वटा लगत कट्टा १०१ वटा, पुँजी वृद्धि ३०० र प्रतिलिपी प्रदान ९५ जनालाई दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी