काठमाडौँ । एनसीसी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
विभिन्न प्रकारको बचत खातामा न्युनतम २ दशमलव ५० प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । मुद्दती निक्षेपमा भने ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव २६ प्रतिशतसम्म ब्याज बैंकले दिनेछ ।