×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, डबल डिजिट अर्थतन्त्रको परिकल्पनालाई यथार्थमा परिणत गर्ने लक्ष्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपाल उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, डबल डिजिट अर्थतन्त्रको परिकल्पनालाई यथार्थमा परिणत गर्ने लक्ष्य

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठको सभापतित्व तथा अर्थमन्त्री जनार्दन शर्माको प्रमुख अतिथ्यतामा नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको दोश्रो वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रम जुम प्लाटफर्ममार्फत सम्पन्न भएको छ । कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष अन्जन श्रेष्ठ तथा मानार्थ सदस्य तथा निवर्तमान उपाध्यक्ष किशोर कुमार प्रधानको उपस्थिति रहेको थियो।

संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका दिनेश श्रेष्ठले २ वर्षदेखि कोरोना महामारीका कारण थलिएका लघु घरेलु तथा साना उद्योग व्यवसायीहरु धेरैनै विस्थापित भैसकेको र विस्थापित हुने क्रम जारी रहेको हुनाले नव गठित सरकारले जारी गर्न लागेको परिमार्जित बजेटले थलिएको उद्योग व्यवसायलाई विशेष ध्यानमा राखी उचित राहतका प्याकेज ल्याउनुपर्ने र कर, राजस्व तथा मूल्य अभिवृद्धि करको दरलाई कम गर्नु पर्नेमा विशेष ध्यानाकर्षण गराएका छन् । यस्तै उनले स्थानीय निकायहरुले मनपरी दर्ता शुल्क तथा अन्य कर राजस्वहरु जसरी भएपनि व्यवसायीहरुबाट असुल उपर गर्नुपर्छ भन्ने मनसाय राख्नु व्यवसायी मैत्री व्यवहार नरहेको पनि उल्लेख गरेका छन् । साथै स्थानीय स्तरमा उठ्ने कर राजस्व वैज्ञानिक हुनुपर्ने र उठेको करको केहि प्रतिशत उद्योग व्यवसायीहरुको क्षमता वृद्धि गर्न छुट्याउनु पर्ने माग पनि गरेका छन् ।

कार्यक्रमका प्रमूख अतिथि अर्थमन्त्रि जनार्दन शर्माले कोरोना महामारीका कारण समग्र उद्योग व्यवसायमा परेको असरबारे सरकार गम्भीर रहेको र थालिएको अर्थतन्त्रलाई उकास्न विशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन् । राज्यले बनाउने नीति ऐन कानुनहरु अब उपरान्त निजि क्षेत्रसँग बसी संयुक्त पहलमा बनाउने र परिमार्जन गर्ने कुरा पनि व्यक्त गरेका छन् । उद्योगी व्यवसायीको लागि सहज रुपमा कोरोना खोपको व्यवस्था गर्ने प्रतिवबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले डबल डिजिट अर्थतन्त्रको परिकल्पनालाई यथार्थमा परिणत गर्ने लक्ष्य राखी महासंघले ‘VISION 2020 नेपाल उद्योग वाणिज्य संघको दोस्रो वार्षिक साधारणसभा सम्पन्न, डबल डिजिट अर्थतन्त्रको परिकल्पनालाई यथार्थमा परिणत गर्ने लक्ष्यरणनीतिक अवधारणा ‘ तर्जुमा गरेर सरकारलाई उपलब्ध गराईसकेको स्मरण गराउँदै नव गठित सरकारसँग यो विषयमा छलफल र त्यसमा रहेको रणनीतिबारे सहकार्य गर्न अर्थमन्त्री जनार्दन शर्मालाई नेपाल उद्योग वाणिज्य महासंघमा आमन्त्रण गरेका छन् । महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले नेपाल उद्योग वाणिज्य संघ काठमाडौंलाई नेपाल उद्योग वाणिज्य महासंघकै तदारुकतामा र विशेष परिस्थितिमा गठन गरेको स्मरण गराउँदै संघलाई अझ क्रियाशिल बनाएर लानु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश महासंघका अध्यक्षहरु, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्यहरु, जिल्ला नगर संघ तथा विभिन्न वस्तुगत संघका अध्यक्षहरु तथा पदाधिकारीहरु तथा काठमाडौं जिल्लाका उद्योगी व्यवसायीहरुको बाक्लो सहभागिता रहेको थियो । उद्घाटन कार्यक्रम पश्चात बन्द सत्रमा संघको गतिविधि, भावी रणनीति, आयव्यय विवरण तथा अनुमानित बजेट संलग्न प्रतिवेदनहरु समेत पारित गर्दै दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी