×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल रेडक्रस सोसाइटी र कोका-कोला फाउन्डेशनबीच सम्झौता, फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउने उद्देश्य

GLOBAL IME BANK
SHREE KESH

नेपाल रेडक्रस सोसाइटी र कोका-कोला फाउन्डेशनबीच सम्झौता, फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउने उद्देश्य

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र कोका-कोला फाउन्डेशनबीच सम्झौता भएको छ । कोभिड-१९ महामारीको बेला बिरामीहरुलाई सहयोग गर्ने, फ्रन्टलाइन स्वास्थ्यकर्मीहरु र स्वयंसेवकहरुको सुरक्षा बढाउनको लागि सम्झौता भएको हो । यो साझेदारीको उद्देश्य नेरेसोका स्वयंसेवकहरुलाई नेपाल सरकारको नेतृत्वमा रहेको खोप केन्द्रहरुमा परिचालन गर्नु र शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई खोप लगाउनको लागी यातायात सुविधा प्रदान गर्नु हो । साउन २१ गते आयोजित गरिएको हस्तान्तरण समारोहमा नेरेसो स्वास्थ्य सेवा विभागका निर्देशक डा.मनिता राजकर्णीकर र कोका-कोला नेपालका प्रतिनिधिहरुले शिक्षण अस्पतालका डा. रमेश महारनांकलाई सुरक्षा सामग्री जस्तै २५ सय सर्जिकल मास्क, पाँच सय जोडी पन्जा, र ९६० सेनिटाइजर बोतलहस्तान्तरण गरेका थिए ।

साझेदारी परियोजनाकोे रूपमा शिक्षण अस्पताल, बलम्बुको सशस्त्र बल, पाटन अस्पताल, जनमैत्री अस्पताल र नेपाल मेडिकल एसोसिएशनका स्वास्थ्य पेशेवरहरुलाई व्यक्तिगत सुरक्षा सामानहरु वितरण गरीएको छ । यो अभियान मुख्यतः काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र बागमती प्रदेशको धादिङ जिल्लामा साथै कास्की, तनहुँ, गोरखा, लमजुंग, र गण्डकी प्रदेशको पूर्वी नवलपरासी जिल्लाहरुमा गरीएको छ । नेपाल रेडक्रसका रक्त सञ्चार सेवाका प्राविधिकहरु, स्वास्थ्यकर्मीहरु, र एम्बुलेन्सहरु पनि सहयोगी सामग्री प्राप्त गर्ने लाभार्थीहरुको हिस्सा भएका छन् ।

नेपाल रेडक्रस स्वास्थ्य सेवा बिभागका निर्देशक डा.मनिता राजकर्णिकारका अनुसार नेपाल रेडक्रस र दी कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने र अग्रपंतिमा कार्यरत स्वास्थ्यकर्मी र स्वयंसेवकहरुको संरक्षण गर्न र ‘स्टप द स्प्रेड’ अभियानलाई मुर्तरुप दिने एउटा प्रयास हुने बताइन् । नेरेसो संगको सहकार्य कोका-कोलाको ‘स्टप द स्प्रेड’ अभियानको एक हिस्सा हो । नेपालमा कोभिड-१९ को फैलावट रोक्न मद्दत पुर्याउन, भ्याक्सिनेसनको सुविधा उपलब्ध गराउन, सुरक्षा सामग्री प्रदान गर्न र जागरुकता कार्यक्रमहरु निर्माण गर्न नेपाली २.४ करोडको प्रारम्भिक योगदानको सहयोग गरिदै यस क्यामपियनलाई वर्षको सुरुमा घोषणा गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: