×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिलाई देखाएर बजार घटाउने गिरोह सलबलाउदा पनि थामियो नेप्से, कारोबारमा रेकर्ड ब्रेक !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३१ श्रावण २०७८, आईतवार

PRIME CA
laxmi sunrise bank

मौद्रिक नीतिलाई देखाएर बजार घटाउने गिरोह सलबलाउदा पनि थामियो नेप्से, कारोबारमा रेकर्ड ब्रेक !

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार नेप्सेमा दोहोरो अंकको करेक्सन भएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक २४.५७ अंकले घटेर ३१५४.३४ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज कुल २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर खरिद बिक्री हुँदा २१ अर्ब ६४ करोडमाथिको कारोबार भएको छ । जुन आज कारोबारमा रेकर्ड ब्रेक भएको हो ।
यता मौद्रिक नीतिलाई देखाएर बजार घटाउने गिरोहहरु सलबलाउदा पनि कारोबार रकममा भने रेकर्डनै ब्रेक भएको हो । नेप्से सूचकलाई पनि पहिरोनै जाने गरी घटाईरहेका गिरोहले अन्तिममा भने २४.५७ अंकले भन्दा धेरैले घटाउन सकेनन् ।
यस अवधिमा सबैभन्दा बढी कारोबार नेपाल बैंकको भएको छ । यस कम्पनीको १ अर्बबढीको सेयर कारोबार भएको छ । आज ३ समूहबाहेकका सबै समूह घटेका छन् । यस्तै आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: