×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मौद्रिक नीतिपछिको पहिलो कारोबारको दिन नेप्सेमा भीषण पहिरो, घट्ने क्रम जारीनै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मौद्रिक नीतिपछिको पहिलो कारोबारको दिन नेप्सेमा भीषण पहिरो, घट्ने क्रम जारीनै !

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आइतबारको सेयर बजारमा पहिरो गएको छ । दिउँसो १ बजे नेप्से परिसूचक ६४.२१ अंकले घटेर ३११४.५९ अंकमा पुगेको छ । जुन पछिल्लो कारोबारको तुलनामा २ प्रतिशतभन्दा बढी हो ।
यस अवधिसम्म १३ अर्ब २७ करोडमाथि सेयर कारोबार भएको छ भने २१८ कम्पनीको सेयर किनबेच भएको छ । आज उत्पादनमूलक र माइक्रोफाइनान्स समूह बढेका छन् भने बाँकी समूह राताम्मे देखिएका छन् । मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो कारोबारको दिन नेप्सेमा यसरी पहिरो गएको हो ।
यद्यपि मौद्रिक नीतिमा सेयर बजारलाई प्रभाव पार्ने खास विषय नभएपनि सेयर धितो कर्जाको सीमा तोकिएकोले यसले बजारलाई असर गर्ने विज्ञहरुले बताएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी