Skip to content
LAXMI SUNRISE BANK

सोमबार पनि ‘टुच्च’ बढ्यो बजार, १४ अर्ब १३ करोडमाथिको कारोबार !

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेप्से ‘टुच्च’ बढेको छ । आइतबारको तुलनमा नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कुल २२४ कम्पनीको २ करोड ५३ लाख ९३ हजार ६९९ कित्ता खरिद बिक्री हुँदा १४ अर्ब १३ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावर कम्पनीको भएको छ । यस कम्पनीको ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज ८ समूह घटेका छन् भने अन्य ५ समूह बढेका छन् । यस्तै आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK