×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाद्धारा कोभिड प्रभावितलाई १० प्रतिशत छुट, वित्तीय राहत उपलब्ध गराउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेरुडे लघुवित्त वित्तीय संस्थाद्धारा कोभिड प्रभावितलाई १० प्रतिशत छुट, वित्तीय राहत उपलब्ध गराउने उद्देश्य

Artha Sarokar

१३ भाद्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाद्धारा कोभिड प्रभावितलाई १० प्रतिशत छुट प्रदान गरेको छ । कम्पनीले कोभीड-१९ को कारण प्रभावित ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैयाँ व्याज छुट प्रदान गरेको हो ।

संस्थाले ग्राहक सदस्यहरुको नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनिकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्देश्यले २०७८ जेष्ठ १६ गतेदेखि अषाढ मसान्त सम्म साँवा, व्याज वा व्याज मात्र भूक्तानी गरेमा भूक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको थियो । यस कम्पनीको केन्द्रीय कार्यालय प्रदेश नं. १ को विराटनगरमा रहेको छ । कम्पनीले ९९ वटा कार्यालयमार्फत १ लाख ४८ हजार ३२ जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी