काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाद्धारा कोभिड प्रभावितलाई १० प्रतिशत छुट प्रदान गरेको छ । कम्पनीले कोभीड-१९ को कारण प्रभावित ऋणीलाई ९९ लाख ९७ हजार ७०८ रुपैयाँ व्याज छुट प्रदान गरेको हो ।
संस्थाले ग्राहक सदस्यहरुको नियमित व्यापार, व्यवसाय तथा रोजगारीमा परेको प्रतिकुल प्रभावको असर न्यूनिकरण गर्ने तथा यस माहामारीको समयमा ग्राहक सदस्यहरुलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्देश्यले २०७८ जेष्ठ १६ गतेदेखि अषाढ मसान्त सम्म साँवा, व्याज वा व्याज मात्र भूक्तानी गरेमा भूक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको थियो । यस कम्पनीको केन्द्रीय कार्यालय प्रदेश नं. १ को विराटनगरमा रहेको छ । कम्पनीले ९९ वटा कार्यालयमार्फत १ लाख ४८ हजार ३२ जना ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्