×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६६.८३ प्रतिशतले बढ्यो नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको खुद नाफा, रिजर्भ कोषमा पनि आकर्षक वृद्धि (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

६६.८३ प्रतिशतले बढ्यो नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको खुद नाफा, रिजर्भ कोषमा पनि आकर्षक वृद्धि (विवरणसहित)

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले १६ करोड ३३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।कम्पनीले असार मसान्तसम्म खुद नाफा ६६.८३% ले बढाएर १६ करोड ३३ लाख ८ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले अघिल्लो वर्ष यसै अवधिमा भने ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ मात्रै रहेको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीले ४१ करोड १६ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा २५ करोड ९२ लाख २० हजार रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा पनि आकर्षक वृद्धि गरी ४२ करोड ७३ लाख २५ हजार रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष रिजर्भमा २७ करोड ७८ लाख ८१ हजार रुपैयाँ थियो । यस लघुवित्तको खराब कर्जा भने निकै बढेको छ । अघिल्लो वर्ष २.१७% मात्र रहेको खराब कर्जा अहिले ६.९७% पुगेको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी