काठमाडौं । एनआइसी एशिया बैंकले पनि कर्मचारीको माग गरेको छ । बैंकले सार्वजनिक सुचनामार्फत सातै प्रदेशका लागि रोजगारी दरखास्त आह्वान गरेको हो । सातै प्रदेशका शाखा कार्यालयका लागि विभिन्न ५ वटा पदमा बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ ।
बैंकले ब्राञ्च म्यानेजर, सुपरभाइजर, सिनियर/जुनियर अफिसर, अप्रेशन म्यानेजर, रिलेसनशीप म्यानेजर र चार्डर्ट एकाउण्टेडरसेमी क्वालिफाइड चार्डर्ट एकाउण्टेड माग गरको हो । योग्याता पुगेका इच्छुकले भदौ २ गतेसम्म बैंकको आधिकारीक वेवसाइटमार्फत् आवेदन दिन सक्नेछन् ।