×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंकले बिहीबारदेखि ल्यायो १ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनी उषा गोल्छाको नाममा रहेको सेयरमध्येबाट १ हजार ८०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

तोकिएको अवधिभित्र आवश्यक कागजातसहित बैंकको रजिष्टर्ड कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा निवेदन बुझाउनु पर्नेछ । तोकिएको अवधिभित्र आवेदन नपरेको खण्डमा भने प्रचलित नियम बमोजिम अन्य व्यक्ति तथा संस्थाहरुमा उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: