×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा आषाढ महिनामा सेवाग्राही सदस्यहरुलाई व्याज रकममा १० प्रतिशत छुट

GLOBAL IME BANK
SHREE KESH

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा आषाढ महिनामा सेवाग्राही सदस्यहरुलाई व्याज रकममा १० प्रतिशत छुट

२७ श्रावण २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ असार महिनमाको दोस्रो चरणको महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा कमी आएको विषम परिस्थितिमा संस्थामा आबद्ध सेवाग्राही सदस्यहरुलाई सहुलिएत दिने उद्देश्यले आषाढ मसान्त सम्ममा भुक्तानी गर्नुपर्ने कुल बक्यौता साँवा र ब्याज रकम मिति २०७८/०३/०४ गते देखि २०७८/०३/३१ सम्ममा संस्थालाई चुक्ता गरेमा सेवाग्राही सदस्यलाई भुक्तानी गरेको ब्याज रकमको १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय बमोजिम २७० वटा शाखा कार्यालयहरुबाट देशब्यापीरुपमा ३५,७७७ जना सेवाग्राही सदस्यहरुले बुझाएको साँवा तथा ब्याज रकम मध्ये ब्याज रकम एक करोड ४९ लाख आठ सय नौ रुपैयाँ छुट प्रदान गरिएको छ । ब्याज छुटका सुविधाहरुले सेवाग्राही सदस्यहरुलाई केहि हदसम्म आर्थिक भार कम गराई माहामारीसँग जुध्ने हौसला समेत प्राप्त भएको संस्थाको विश्वास रहेको छ ।

यस संस्थाले मुलुकभर ७३ जिल्लामा २७० शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ । यस वित्तीय संस्थाले कार्यक्रम विस्तार गर्दा लघुवित्तको पहुँच नपुगेको दुर्गम स्थानिय तहहरुलाई प्राथमिकतामा राखिएको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जा लाई प्राथमिकतामा राखि बैंक तथा वित्तीय संस्थाहरुको न्युन उपस्थिति रहेको दुर्गम जिल्लाहरु डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक, बझाड, बाजुरा, अछाम दार्चुला, मुगु तथा कालिकोट जस्ता दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी वित्तीय साक्षरता, सामाजिक जनचेतना लगाएतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: