Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाद्धारा व्यवसाय प्रवर्द्वन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

अर्थ सरोकार

बाँके । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ । संस्थाले लुम्बिनी प्रदेश र कर्णाली प्रदेश अन्तर्गत बाँकेको कोहलपुर, दाङ्गको लमही, सुर्खेतको विरेन्द्रनगर र सल्यानको सल्लिबजार, कैलालीको लम्किचुहा गरी २५० जना भन्दा बढी कर्मचारीहरुलाई विभिन्न मितिमा १ दिने व्यवसाय प्रवद्र्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको हो ।

संस्थाका कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना, व्यवसाय प्रवद्धर्न विभागका राकेश श्रेष्ठ र कर्जा विभागका रमेश खनालले कर्मचारीहरुलाई नयाँ आर्थिक वर्ष २०७८/७९ को लक्ष्यको जानकारी, व्यवसाय विस्तारका रणनीतिहरु, शाखा तथा जोखिम व्यवस्थापन, कर्जाको गुणस्तरीयता, समुह प्रवेश पूर्व तालिम र कर्मचारी उत्प्रेरणा लगायतका विषयवस्तुहरुमो प्रशिक्षण दिएका थिए । यस आर्थिक वर्षमा लघुवित्त क्षेत्रकै सबल, सक्षम एवं विश्वसनीय लघुवित्त बनाउनका लागि यस्ता खालका तालिम कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने र कर्मचारीहरुले सदस्यहरुलाई कर्जा सेवा प्रवाह गर्दा परिस्कृत सेवा दिन सक्ने कर्जा स्वीकृति विभागका विभागीय प्रमुख गोपीचन्द्र ढुङगाना बताए । संस्थाले मुलुकभर ७३ जिल्लामा २७२ शाखा कार्यालयहरुमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

साथीसँगै सवल बन्दै भन्ने मुल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको यस एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट देशकै सबै भन्दा ठूलो शाखा संजाल र चुक्ता पूँजी भएको देशकै एक ठुलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाको रुपमा स्थापित भएको छ । त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बंकै तथा वित्तीय संस्थाहरुकोउपस्थिति न्युन रहेकोदुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सोहि अनुरुप कार्य गर्ने संस्थाले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK