काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को गत आर्थिक वर्षको चौंथो त्रैमासमा नाफा घटेको छ । बैंकले चौंथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १.२६% ले घटेर ८३ करोड ६४ लाख ३२ हजार रुपैयाँमा सीमित भएको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८४ करोड ७१ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने केहि सुधार भएको छ । खुद ब्याज आम्दानी ८.३५% ले बढेको छ भने सञ्चालन नाफा पनि ७.९१% ले बढेर १ अर्ब १८ करोड ८९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
चुक्ता पूँजी २० अर्ब रुपैयाँ छ रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ४० करोड ७ लाख ८१ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्