×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकारको स्टुडियोबाट निर्मल प्रधानको घोषणा- ‘कम्पनीबाट ठगिएकाहरु एकतृत हुनुस् , सकेको सहयोग गर्छु’

PRIME CA
GLOBAL IME BANK

अर्थ सरोकारको स्टुडियोबाट निर्मल प्रधानको घोषणा- ‘कम्पनीबाट ठगिएकाहरु एकतृत हुनुस् , सकेको सहयोग गर्छु’

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाली सेयर बजारमा सेयर बजारका बादशाहका रुपमा परिचित निर्मल प्रधानले ब्रोकर कम्पनी र सुचीकृत कम्पनीबाट ठगिएकाहरुलाई सहयोग गर्ने घोषणा गरेका छन् । अर्थ सरोकारको साप्ताहिक टेलिभिजन कार्यक्रम ‘मार्केट टक’ मा बोल्दै उनले पछिल्लो समय कम्पनीहरुले गलत विवरण सार्वजनिक गरेर लगानीकर्ताहरुलाई ठगी गरेको उल्लेख गर्दै यसरी ठगीमा परेका कोहि भए अर्थ सरोकारमा सम्पर्क गर्न र त्यसका लागि आफुले सक्दो सहयोग गर्ने बताएका हुन् । पछिल्लो समय खानीखोला हाइड्रोपावरले हदैसम्मको बदमासी गरेर लगानीकर्ता डुबाएको यथार्थ सम्झंदै उनले यसरी कम्पनीले गलत विवरण सार्वजनिक गर्दा कोहि घाटामा परेको भए कम्पनीसँग सो रकम असुलीका लागि कानुनी बाटो खोज्न आफुले सकेको सहयोग गर्ने घोषणा प्रधानले गरेका हुन् ।

अर्थ सरोकारद्वारा प्रस्तुत सो कार्यक्रम नेपाली सेयर बजारमा ‘काका’का रुपमा परिचित केशब कोइरालालेसमेत खानीखोला हाइड्रोको कारोबार बन्द गर्नुपर्ने ठाउँमा नियामककै मनपरीका कारण लगानीकर्ताहरु ठगिन बाध्य भएको बताएका छन् । खेर गएको बिजुलीलाई समेत गणना गरेर इपीएस निकालिएको र सोहि कारण लगानीकर्ता भ्रममा परेर फसेको उनको तर्क छ । यसरी यस अघि पनि थुप्रै कम्पनीहरु कम्पनीका गलत विवरणका सिकार भएका छन् । यस्तै कामलाई निरुत्साहन गर्ने उद्देश्यका साथ अर्थ सरोकारले सुरु गरेको, ‘लगानीकर्ताका पक्षमा कानुनी लडाई’ अभियानमा निर्मल प्रधानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

के हो ‘लगानीकर्ताका पक्षमा कानुनी लडाई’ अभियान ?

यो अर्थ सरोकारले सुरु गरेको एउटा अभियान हो । पछिल्लो समय समयमा नै पैसा नहालिदिने ब्रोकर, झुटो विवरण प्रकाशन गरेर लगानीकर्ता ठग्ने कम्पनीहरुको बिगबिगी बढीरहेका बेला लगानीकर्ताका पक्षमा अर्थ सरोकारले कानुनी लडाई लड्नेछ । यसका लागि अर्थ सरोकारले कानुन व्यवसायीहरुसँग स्वेक्षिक भोल्युनटरी सहयोगको लागि पनि आग्रह गरेको छ । अव कोहि लगानीकर्ता म ब्रोकरबाट ठगिएं वा कुनै कम्पनीले प्रकाशन गरेको गलत विवरणका कारण घाटामा परे भने क्षतिपूर्तिको मागसहित अर्थ सरोकारले लगानीकर्ताका पक्षमा कानुनी लडाई लड्न सहयोग गर्नेछ । यसका लागि आफ्नो समस्यासहित सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सकिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: