×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि क्यापिटलले १० करोड इकाई म्युचुअल फण्ड निष्कासन गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

GLOBAL IME BANK
SHREE KESH

एनएमबि क्यापिटलले १० करोड इकाई म्युचुअल फण्ड निष्कासन गर्ने, कहिलेदेखि दिन पाईन्छ आवेदन ?

८ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले म्युचुअल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले भदौ १७ गतेदेखि ‘एनएमबि सरल बचत फण्ड इ’ को १० करोड इकाई म्युचुअल फण्ड निष्कासन गर्ने भएको हो । यसमध्ये ४ करोड इकाई पहिलो चरणमा निष्कासन गर्ने भएको छ । यस्तै १ करोड ४० लाख इकाई कोष प्रवर्द्वक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । यसैगरी बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ ।

उक्त म्युचुअल फण्डमा भदौ २१ गतेसम्म आवेदन दिन सकिने भएको छ र उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भने भदौ ३१ गतेसम्म दिन पाईनेछ । एनएमबि सरल बचतमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिने भएको छ । लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाई भर्न सक्ने भएका छन् । यस म्युचुअल फण्डको बिक्री प्रबन्धकको काम भने एनएमबि क्यापिटलले गर्नेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: