काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तर्गत आउने शनिवार दुई फरक-फरक क्षेत्रका विशेषज्ञहरुले सेवा दिने भएका छन् । नर्भिकमा कार्यरत वरिष्ठ हर्मोन रोग विशेषज्ञ(Endocrinologist) डा. मधु पाण्डे र वरिष्ठ बाथरोग विशेषज्ञ (Rheumatologist) डा. अभिलाषा शाहले फ्री ओपिडी सेवा दिने भएका हुन् । सुगर, थाइराइड तथा हर्मोनसँग सम्बन्धित जुनसुकै समस्या भएका बिरामीले डा.मधु पाण्डेको निःशुल्क ओपिडी सेवामा सहभागिता जनाई लाभ लिन सक्नेछन् ।
यस्तै डा.अभिलाषा शाहसँग बाथरोगको समस्या भएकाहरुले लाभ लिन सक्नेछन् । डा. शाहले हाडजोर्नी दुख्ने, सुन्निने, कक्रक्क पर्ने, आरामको समयमा ढाड तथा जोर्नी बढी दुख्ने, मांशपेशी दुख्ने, गल्ने, थकाई बढी लाग्ने, बारम्बार गर्भधारणमा समस्या आउने, घाममा अनुहार बढी रातो हुने वा पोल्ने, कपाल बढी झर्ने, मुखभित्र बारम्बार घाउ आउने, चिसोमा औंलाहरु निलो, सेतो हुने, शरीरमा बारम्बार घाउ तथा डाबर आइराख्ने, खुट्टाको बुढीऔंला वरिपरि रातो भएर दुख्ने, कुर्कुच्चा पोल्ने तथा दुख्ने, मांशपेशी कमजोर हुने, लामो समयसम्म ज्वरो आउने, खकारमा रातो रगत देखापर्ने, आँखा बारम्बार रातो हुने, हातखुट्टा झमझमाउने र पोल्ने र भर्याङ चढ्दा घूँडा दुख्ने जस्ता समस्या भएकाले आफ्नो ओपिडीमा आएर लाभ लिनसक्ने बताइन् ।
नर्भिकले दुई साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा आउने शनिवार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् । निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ । नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्