×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम

PRIME CA
GLOBAL IME BANK

न्यादी हाइड्रोपावरको आइपीओमा आवेदन दिने मंगलबार अन्तिम

१५ भाद्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओमा पनि आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको सो सेयरमा लगानीकर्ताले आज कार्यालय समयसम्म आवेदन दिन पाउने भएका हुन् । न्यादी भदौ १ गतेदेखि लमजुङका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो ।
कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ । यस्तै न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछ । प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ । स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । यता संस्थापक सेयरधनी संस्थाका कर्मचारीले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: