×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भदौ १ गतेदेखि न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्रीमा आउँदै, प्रभावित स्थानीयहरु र कम्पनीका कर्मचारीले भर्न पाउने

PRIME CA

भदौ १ गतेदेखि न्यादी हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्रीमा आउँदै, प्रभावित स्थानीयहरु र कम्पनीका कर्मचारीले भर्न पाउने

२४ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । भदौ १ गतेदेखि न्यादी हाइड्रोपावर लिमिटेडले जारी गर्ने भएको छ । कम्पनीले लमजुङका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्री गर्ने भएको हो ।
कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबा बिक्री गरिने जनाएको छ । यस्तै न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछ । प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले भदौ १५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ । स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । यता संस्थापक सेयरधनी संस्थाका कर्मचारीले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: