×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१५ हजार ३६८ जनाले भरे न्यादी हाइड्रोपावरको आइपीओ, आवेदन दिने मंगलबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

१५ हजार ३६८ जनाले भरे न्यादी हाइड्रोपावरको आइपीओ, आवेदन दिने मंगलबार अन्तिम दिन

Artha Sarokar

१४ भाद्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको आइपीओ १५ हजार ३६८ जनाले भरेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले हालसम्ममा १५ हजार ३६८ जनाले ३८ लाख ६२ हजार ४४८ कित्ताका लागि ३८ करोड ६२ लाख ४४ हजार ८०० रुपैयाँ बराबरको आवेदन दिएको जनाएको हो । कम्पनीको सो सेयरमा आवेदन दिने आजसहित २ दिन बाँकी रहेको छ । लगानीकर्ताले सो सेयरमा भोलि १५ गतेसम्म आवेदन दिन सक्ने भएका हुन् । यद्यपि उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म खुला रहनेछ ।
यस कम्पनीले भदौ १ गतेदेखि आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले लमजुङका आयोजना प्रभावित स्थानीयलाई १५ लाख कित्ता र संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई ३ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं ३, ६, ७ र ८ का स्थानीयलाई ५ लाख कित्ता र उक्त क्षेत्रबाहेक लमजुङ जिल्लाको अन्य क्षेत्रमा बस्ने स्थानीयलाई १० लाख कित्ता आइपीओ छुट्याएको छ । यस्तै न्यादीका संस्थापक सेयरधनी संस्थाहरु बुटवल पावर कम्पनी र लमजुङ विद्युत विकास कम्पनीका कर्मचारीहरुका लागि ३ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछ । प्रतिकित्ता १०० रुपैयाँ दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
स्थानीयले ग्लोबल आइएमई बैंकको लमजुङ जिल्लाभर रहेका शाखा, सिभिल बैंकको भुलभुले शाखा र एनएमबि बैंकको बेशीसहर शाखाबाट आवेदन दिन सक्नेछन् । यता संस्थापक सेयरधनी संस्थाका कर्मचारीले भने न्यादी हाइड्रोपावरको कार्यालय बुद्धनगर, काठमाडौंबाट आवेदन दिन सक्नेछन् । यस आइपीओमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर रेटिङ नेपालले यस कम्पनीलाई ‘केयर रेटिङ डबल बी’ इस्युअर रेटिङ दिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी