×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओखलढुंगामा कार्यरत सब–इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल्यो भ्रष्टाचारको मुद्दा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ओखलढुंगामा कार्यरत सब–इन्जिनियरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल्यो भ्रष्टाचारको मुद्दा

Artha Sarokar

३ भाद्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ओखलढुंगामा कार्यरत सब–इन्जिनियरविरुद्ध आरोप पत्र दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको करार सेवामा ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानविरुद्ध ३० हजार रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालत, काठमाडौंमा आरोपत्र दायर गरेको हो ।
पासवानले भूकम्प पुनर्निर्माणको लागि सेवाग्राहीले नियमानुसार पाउने तेस्रो किस्ताको रकमको सिफारिस रोकी दिने भनी ३० हजार घुस लिएका थिए । घुस लिएको पुष्टिसमेत भएको आयोगले जनाएको छ । आयोगले पासवानलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेकोले उनलाई ३० हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई आरोप–पत्र दायर गरिएको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी