Skip to content
LAXMI SUNRISE BANK

२६ करोड ४ लाख ७४ हजार रुपैयाँ नोक्सानमा ओरियन्टल होटल्स, रिजर्भ कोषमा ८८ करोड ८५ लाख रुपैयाँ (विवरणसहित)

अर्थ सरोकार

काठमाडौं । ओरियन्टल होटल्स पनि नोक्सानमा गएको छ । होटल्स गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २६ करोड ४ लाख ७४ हजार रुपैयाँ खुद नोक्सानमा गएको हो । अघिल्लो वर्षको यसै अवधिमा भने होटल्सले ६ करोड ६९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
असार मसान्तसम्म ओरियन्टलको सञ्चालन नोक्सान २२ करोड ३८ लाख रुपैयाँ रहेको छ । होटल्सको चुक्ता पूँजी १ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८८ करोड ८५ लाख रुपैयाँ छ ।
होटल्सको प्रतिसेयर २३ रुपैयाँ ९ पैसा नोक्सानमा छ भने प्रतिसेयर नेटवर्थ पनि १९७ रुपैयाँ ४९ पैसाबाट घटेर १७४ रुपैयाँ ४० पैसामा आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK