पर्वत । आवश्यक दक्ष जनशक्तिका अभावमा जिल्ला अस्पतालमा रहेका सघन उपचार कक्ष (आइसियू) र भेन्टिलेटटर प्रयोगविहीन बनेका छन् । अस्पतालमा पाँच शैया आइसियू र तीन भेन्टिलेटर छन् । अत्यावश्यक सेवा बिरामीले उपभोग गर्न पाउँदैनन् । अस्पतालमा हालसम्म छ जना कोरोना सङ्क्रमितको मृत्युसमेत भइसकेको छ । सङ्क्रमितको अवस्था नाजुक बन्दै गएमा त्यस्ता बिरामीलाई आइसियू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भए पनि जनशक्ति अभावले उपयोगविहीन बनेका हुन् ।
एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू र भेन्टिलेटर जडान सम्पन्न भएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताउनुभयो । ‘आइसियू र भेन्टिलेटर सञ्चालन गर्नका लागि अहिले हामीसँग उपलब्ध रहेका चिकित्सकबाट सम्भव नहुने रहेछ । यसका लागि एनेस्थेसियालिस्ट तथा विशेष तालिम लिएका नर्सको आवश्यकता हुने रहेछ’, उहाँले भन्नुभयो, ‘जनशक्ति नहुँदा हामीलाई समस्या भएको छ ।’
यसअघि यसका लागि आवश्यकपर्ने जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले विज्ञापन गरे पनि आवेदन नपरेका कारण परिपूर्ति गर्न नसकिएको अध्यक्ष पहाडीले बताउनुभयो । यसका लागि प्रदेश सरकारले विशेष ऐन नै बनाएर दक्ष जनशक्ति पदपूर्ति गरिदिन मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई समेत माग गरिएको उहाँले जानकारीदिनुभयो । प्रदेश सरकारअन्तर्गत सामाजिक विकास मन्त्रालयले हालै सात जनरल फिजियिसन र १२ एनेस्थेसियाका लागि विज्ञापन गरेको थियो । यसमा छनोट भएकालाई पर्वतसहित प्रदेशका अन्य जिल्लाका अस्पतालमा पनि खटाउने तयारी प्रदेशको रहेको थियो ।
जनशक्ति व्यवस्थापनको काम प्रक्रियागतरूपमा चलिरहँदा सङ्क्रमण दर बढिरहेको छ । स्वास्थ्य संस्थामा यस्ता जनशक्तिको आवश्यकता पर्दै जान थालेको अस्पतालका डा.ढुण्डिराज पौडेलले बताउनुभयो । उहाँका अनुसार भेन्टिलेटर सञ्चालनका लागि नवौँ तहको एनेस्थेसियालिस्ट वा इन्टरनल मेडिसिनमा एमडी गरेको जनशक्ति आवश्यक पर्छ । जिल्लामा यस्तो जनशक्ति आउन मान्दैनन् । उनीहरुलाई कम्तीमा महिनामा रु तीन लाखभन्दा बढी तलब दिएर ल्याउन सक्ने हो भने मात्रे आइसियू र भेन्टिलेटर सञ्चालन गर्न सकिन्छ । बेसिक तलब ४५ हजार खाएर मात्र कोही आउन नमान्ने उहाँको भनाइ छ ।
जिल्ला अस्पतालमा केही महिना पहिले सुरु गरिएको अक्सिजन प्लान्टले भने राम्रो उत्पादन दिइरहेको जनाउँदै जिल्लामा एक दिनमा कम्तीमा पनि ५० बिरामीलाई एकैपटकमा अक्सिजन आपूर्ति गर्न सकिने भए पनि अन्य उपचार सेवा पनि प्रभावकारी नभएको जनगुनासो रहेको छ । अस्पतालमा रहेको अक्सिजन प्लान्टले दैनिक १६ सिलिन्डर उत्पादन गर्नसक्ने र अहिले पनि आवश्यकता परेको अवस्थामा उत्पादन गर्ने गरिएको छ । शैयाको अस्पताल अहिले ५० शैयामा स्तरवृद्धि गर्ने कार्य भइरहेको छ । जनशक्ति अभावले पुरानै उपकरण थन्किएका अवस्थमा फेरि दुई भेन्टिलेटर थप हुने भएका छन् । लायन्स क्लबले थप दुई भेन्टिलेटर सहयोग गर्न थालेको अस्पतालले जनाएको छ । -रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्