×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च झण्डै दुई करोड

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वाग्मती प्रदेशसभाका सदस्यहित पदाधिकारीका आवास सुविधाबापत आर्थिक २०७७÷७८ मा झण्डै एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकाअनुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो ।

सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतक, प्रदेशसभा सदस्यलाई घरभाडाबापत रकम भुक्तानी दिइएको हो ।

प्रदेशको राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना १५ हजार घर भाडाबापत उपलब्ध गराउँदै आइएको छ । राजधानी हेटौँडामै घर भएका प्रदेशसभा सदस्यलेसमेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना सात हजार ५०० बुझ्दै आएका छन् । मुख्यमन्त्री तथा मन्त्रीले प्रदेश सरकारबाटै आवास सुविधा पाउँछन् ।

प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको सेवा तथा सुविधालाई व्यवस्थित गर्न २०७५ सालमा ऐन निर्माण भइसकेकोे र सोहीअनुसार सदस्यलाई सेवा तथा सुविधा उपलब्ध गराइएको सचिवालयले जनाएको हो । प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवन मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ ।

अन्य सदस्यको हकमा अनुसूची–१ मा उल्लेख गरिएअनुसारको व्यवस्था हुने भनिएको छ । जस्मा सभामुख र उपसभामुखबाहेक सदस्यको हकमा विपक्षी दलका नेता, सत्तापक्षका मुख्य सचेतक, समितिका सभापति र विपक्ष दलको प्रमुख सचेतकलाई रू २५ हजारका दरले तथा सत्तापक्षको सचेतक, विपक्षी दलको सचेतक र सदस्यलाई १५ हजारका दरले आवास तथा घरभाडाबापतको सुविधाको व्यवस्था गरिएको छ । रासस

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी