×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : जोखिमपूर्ण यात्रा गर्न बाध्य मनाङका नागरिक, पशुपतिमा भक्तजनको भिड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : जोखिमपूर्ण यात्रा गर्न बाध्य मनाङका नागरिक, पशुपतिमा भक्तजनको भिड

Artha Sarokar

२५ श्रावण २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।

आजको अंकमा हामीले अप्पर मस्र्याङ्दी २ जलविद्युत् आयोजनाले सामान तार्न निर्माण गरेको तुइनबाट जोखिम मोलेर नासों गाउँपालिका–९ बाट वडा नं ८ दानाक्यु ताचै जाँदै गरेका यात्रुदेखि साउनको सोमबार भगवान् पशुपतिनाथको दर्शन गर्न आएका भक्तजनको घुइँचोसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

अप्पर मस्र्याङ्दी २ जलविद्युत् आयोजनाले सामान तार्न निर्माण गरेको तुइनबाट जोखिम मोलेर नासों गाउँपालिका–९ बाट वडा नं ८ दानाक्यु ताचै जाँदै यात्रु । गत असार १ गते आएको बाढीका कारण सडक सञ्जाल विच्छेद भएपछि यहाँका नागरिक जोखिम मोलेर यात्रा गर्न वाध्य छन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सीमामा अवस्थित पर्यटकीय गन्तव्यस्थल बेलढुङ्गा जाँदै आन्तरिक पर्यटक । मनोरम प्रकृति, हिमशृङ्खला र सूर्योदय अवलोकनका लागि बेलढुङ्गा उपयुक्त गन्तव्य मानिन्छ ।

साकेला गाउँपालिका–३ खिदिमाका स्थानीय कृषकले उत्पादन गरेका आलु जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ल्याएर बिक्री गर्दै ठेकेदार । गाउँपालिकाको लगानीमा आलु उत्पादनको पकेट क्षेत्र बनाइएको खिदिमबाट गत वर्ष रु दुई करोड बढीको आलु उत्पादन भएको हो ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– ५ धनेश्वरस्थित धनेश्वर महादेव मन्दिर परिसरमा पूजाआराधना गर्दै भक्तजन ।

गाईवस्तुलाई खुवाउन साइकलमा घाँस ल्याउँदै दाङका किसान । एकै पटकमा धेरै घाँस ल्याउन सकिने भएकाले किसानले साइकल प्रयोग गरेका हुन् ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको साँयकटेरास्थित हिलाम्मे सडकमा फसेको सवारी धकेल्दै यात्रु ।

पशुपतिनाथ मन्दिर परिसरमा मेहन्दी लगाउँदै युवती ।

कोभिड १९ को महामारी कारण पशुपति मन्दिरको मुख्य प्रवेशद्वार बन्द भएपछि द्वारबाटै पूजा गर्दै भक्तजन ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी