×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सङ्घर्ष गरेर जीविकोपार्जन गर्दै एकल महिला, भक्तपुरस्थित मुहानपोखरीमा रमाउँदै आन्तरिक पर्यटक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : सङ्घर्ष गरेर जीविकोपार्जन गर्दै एकल महिला, भक्तपुरस्थित मुहानपोखरीमा रमाउँदै आन्तरिक पर्यटक

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ । आज कुन कुन ठाउँमा के के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् ।
आजको अंकमा हामीले बालकैमा एकल (विधुवा) भएपछि घरको हेला र यातनाले गर्दा सप्तरीको हनुमाननगर कांलिनी नगरपालिका–१ भारदहस्थित माइतको शरणमा बसेर सङ्घर्षका साथ पुनः पढाइ र घरमै सिलाईकटाइको पेशा लागेकी २० वर्षीया सपना शर्मादेखि भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित मुहानपोखरी रमाउँदै गरेका आन्तरिक पर्यटकसम्मको तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
बालकैमा एकल (विधुवा) भएपछि घरको हेला र यातनाले गर्दा सप्तरीको हनुमाननगर कांलिनी नगरपालिका–१ भारदहस्थित माइतको शरणमा बसेर पुनः पढाइ र घरमै सिलाईकटाइको पेशा शुरु गर्नुभएकी २० वर्षीया सपना शर्मा ।

भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित मुहानपोखरी रमाउँदै आन्तरिक पर्यटक ।

व्यास नगरपालिका–१४ र बन्दीपुर गाउँपालिका–६ ढाड खोला जोड्ने मोटरेवल पुलमा बाढीले पु¥याएको क्षतिको अवलोकनपछि छलफलमा जुट्दै व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ साथमा स्थानीयवासी । पुल मर्मतको लागि चालु आर्थिक वर्षमा नगरपालिकाले रु पाँच लाख पचासी हजार विनियोजन गरेको छ ।

भक्तपुर जिल्लाको पर्यटकीस्थल नगरकोट भ्यूटावरमा आन्तरिक पर्यटकको भीड ।

बागलुङ जिल्लामा कोरोना सङ्क्रमण दर बढेपछि निषेधाज्ञामा कडाइ गरेसँगै सुनसान बनेको बागलुङ बजार । भदौको ५ गतेसम्म बागलुङमा कडा निषेधाज्ञा जारी छ ।

कैलालीको धनगढी उपमहानगरपलिका–२, कल्भर्टमा माछा मार्दै स्थानीयवासी ।

घोराही –६ फचकपुरका एक घरमा तोप चराले बनाएका गुँड । सिपालु कालीगढका रूपमा चिनिने यो चरा दाङमा कमै पाइन्छ ।

कञ्चनपुरको महेन्द्रनगरमा नेपाली सेनाले निर्माण गरिरहेको होल्डिङ्ग सेन्टर । महामारीलगायत विपत्का बेला नागरिकलाई सुरक्षित तवरले व्यवस्थापन गर्न सहज हुने उद्देश्यले यहाँ एक हजार शैयाको होल्डिङ्ग सेन्टर बनाउन लागिएको हो ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ मौवाफाँटमा मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्रको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी लगायत । सदरमुकाम बेनीमा केन्दीय कार्यालय रहेको उक्त सहकारीले मौवाफाँटमा वित्तिय पहुँच विस्तारका लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी